दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए।
कार्यक्रम घोराही बैंकर्स क्लब दाङका अध्यक्ष कमल रेग्मीको सभापतित्व र मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने, कलेजका कोअर्डिनेटर कृष्णबहादुर केसी, रिसर्च कोअर्डिनेटर नौलाबहादुर खड्का, प्राध्यापक यज्ञबहादुर खत्री, प्रियब्रत आचार्य, श्यामकुमार आचार्य, सन्दिप न्यौपाने, खडानन्द खनाल, गेहेन्द्रराज अधिकारीलगायतले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्य भन्दै यसको आवश्यकता र उपयोगितामाथि प्रकाश पारे।
कार्यक्रममा बैंकर्स क्लब घोराहीका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिमालयन बैंकका शाखा प्रबन्धक केशव तिवारी, ग्लोबल बैंकका टेकराज विताडी र उमंग शर्मा, लुम्बिनी बैंकका युवराज भण्डारी, एसबीआई बैंकका संजीव ढुङ्गेल, एभरेष्ट बैंकका शिवप्रसाद श्रेष्ठलगायतले पनि रक्तदान गरेका थिए।
यसैगरी दधिराम न्यौपाने, सुदिप रिजाल, बासुदेव सुवेदी, निर्पेश पौडेल, कल्पना डाँगी, नितेश डाँगी, अनिलकुमार चौधरी, एकराज राना, मनोज चौधरी, अमितसिंह टिंकरी, शान्ति वली, आरती चौधरी, शर्मिला कुमारी परियार, सिता घर्तीमगर, सन्तोष पोख्रेल, अमृत पुनमगर, हर्षित चौधरी, सुदन चौधरी, रितमान पुनमगर, मजय विक, पुजन प्रधान, संगिता पुनमगर, अञ्जली नेपाली, संजीव ढुंगेल, कृष्णप्रसाद राउत, केशव ज्ञवाली, मञ्जरी सुनार, आकाश परियार, गिरबहादुर रोकाय, सम्झना खड्का, शान्ता रोका, समिक्षा गौतम, सञ्जना केसी, शिवकृष्ण केसी, रिमबहादुर बुढा क्षत्री, बिरेन्द्रबहादुर हिलान, सूर्यमणि सार्की, यमुना गौतम, सरिता डाँगी र देविका केसीलगायतले रक्तदान गरे।
कार्यक्रम सफल पार्न सहयोग गर्ने कलेज प्रमुख लालमणि बसेल र रेडक्रस केन्द्र प्रमुख दिलिप न्यौपानेलाई अध्यक्ष कमल रेग्मीले कृतज्ञता पत्र प्रदान गरे। कार्यक्रमको सहजीकरण बैंकर्स क्लब दाङका सचिव कृष्णबहादुर साउदले गरेका थिए।
घोराही क्षेत्रको पुरानो र लोकप्रिय निजी कलेजका रूपमा रहेको मार्क इन्टरनेशनल कलेजमा स्नातक तहमा BBS र स्नातकोत्तर तहमा MBS को पठनपाठन गराइँदै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस