after_navbar

अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता


मङि्सर १, २०८२


दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ad

कार्यक्रम यज्ञबहादुर विकको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा गुरुजजुर मावि, कालाखोला मावि र अश्वारा माविका गरी तीन विद्यालयका १८ जना अपांगता भएका विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको बारेमा जानकारी गराउदै तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तिहरूलाई सम्मानजनक वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था बनाउन समाज सबैको भूमिका महत्वपूर्ण रहने बताइन्। विगतमा परिवारले घरमै सीमित राख्दै आएका अपांगता भएका व्यक्तिहरू अहिले आफ्नै दक्षता र सीपका आधारमा समाजमा सक्रिय भूमिकामा अघि बढ्न थालेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले सामाजिक सचेतना र सकारात्मक परिवर्तनमा ठूलो योगदान पुर्‍याउने उनको भनाइ थियो ।

प्रतियोगितामा वविन्द्र ओली, सरोज विक र सुजन चौधरीको समूह प्रथम भएका छन्। त्यसैगरी, निरुता घर्ती, वीरेन्द्र ओली र राजकुमार विकको समूह दोस्रो तथा मनकुमारी खड्का, दिलकुमार खड्का र पविता ओलीको समूह तेस्रो भए। चित्रबहादुर ओली, मोनिका शाह र लक्ष्मी विक सुनाहारको समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="