काठमाडौँ,१ पुस । आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा बाघको तथ्यांक संकलन गरिँदैछ।
वैज्ञानिक विधिबाट तीनवटा ब्लक बनाएर बाघको गणना गरिनेछ। यसका लागि २ हजार ३ सय स्वचालित क्यामरा जडान गरिँदैछ। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा बाघको संख्या, बासस्थान र आहाराको अवस्था अध्ययन तथा अनुगमन गरिनेछ।
यसअघि सन् २०२२ मा गरिएको गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो। हाल सुरु भएको बाघ गणना चैत महिनासम्म सञ्चालन हुने जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस