दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्।
आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए।
घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले बताए। घटनामा संलग्न विद्यार्थीहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
विद्यार्थीहरूले उपकुलपति नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दल्ने र कुटपिट गरेको जनाइएको छ। घटनाका क्रममा उनीहरूले नेकपा (बहुमत) र अनेरास्ववियू (क्रान्तिकारी) पक्षधर नारा समेत लगाएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस