दाङ, ९ पुस । रोल्पामा खोलाको किनारमा एक जना वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको लुङग्री गाउँपालिका–६ घमरुक निवासी ८२ वर्षीय खम्बे पुन मगरको शव मंगलबार दिउँसो धारावाङ खोलाको किनारमा फेला परेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
उनका अनुसार पुन पुस २ गते दिउँसोदेखि सम्पर्कविहीन रहेका थिए । उनको शव घरदेखि करिब डेढ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने खोलामा भेटिएको हो ।
घरपरिवारलाई जानकारी नदिई घरबाट निस्किएका पुनको खोजीका लागि परिवारले प्रहरीलाई समेत गुहारेको प्रहरी निरीक्षक थापाले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा राखिएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस