after_navbar

ठमेल हत्या: रोल्पाका आकाश मगर पक्राउ


३ घण्टा अगाडि


दाङ, ९ पुस । काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेर फरार भएका एक कैदी रोल्पाबाट पक्राउ परेका छन्। मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङको हत्या आरोपमा फरार रहेका आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

ad

प्रहरी निरीक्षक सुनिल थापाका अनुसार मगरलाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ पठाइएको छ। मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका तामाङलाई गत असोज १३ गते मगरले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि वीर अस्पताल पुर्‍याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मगर लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए।

पक्राउ परेका मगरले आफ्नो ठेगाना स्पष्ट रूपमा नबताए पनि उनी रोल्पाकै बासिन्दा भएको प्रहरीको भनाइ छ। यसअघि पनि नख्खु कारागारबाट फरार भएका काभ्रे निवासी सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेको घटना सार्वजनिक भएको थियो

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="