काठमाडौँ,९ पुस। कालीकोटको कर्णाली करिडोर सडक खण्डमा यात्रुवाहक गाडी दुर्घटना भएको छ । दुर्घटनामा परे तीनजना गम्भीर घाइते भएका छन्। बाजुरादेखि नेपालगन्ज जाँदै गरेको ०१-००१ ख ०९२४ नम्बरको एसएमएल गाडी राष्कोट नगरपालिकाको भात्तडी भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते छन्। तीन सामान्य घाइते छन्।
गाडीमा सवार अन्य यात्रुहरूलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। घाइतेको उपचारका लागि सुर्खेत लगिएको उनले बताए।
बसमा २१ जना सवार थिए। घाइते हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिकाका ७१ वर्षीया पम्पा अधिकारी, बाजुरा जगन्नाथ गाउँपालिकाका ६६ वर्षीया रत्न कला बिष्ट, ४० वर्षीया जना बिष्ट, स्वामिकार्तिक गाउँपालिकाका ५० वर्षीया मिरा शाही, ६५ वर्षीया गंगा शाही, माझगाउँ बस्ने वर्ष ४० वर्षीया तिउली भण्डारी, जेरा निवासी २० वर्षीय मानवीर कामी, जगन्नाथ गाउँपालिका ५ निवासी ४४ वर्षीया शान्ति शाही, २५ वर्षीय पदम सार्की, ६५ वर्षीय विकेश डोली, बुढीनन्दा गाउपालिकाका १९ वर्षीय खेमराज कार्की छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस