after_navbar

बबई नदीमा छाडियो १० घडियाल


३ घण्टा अगाडि


दाङ,९ पुस । बबई नदीमा १० वटा घडियाल गोही छाडिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीमा १० वटा घडियाल गोही छाडेको हो ।

ad

संघीय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पूर्व पश्चिम राजमार्ग नजिकको परेवा ओडारस्थित बबई बाँध क्षेत्रमा गोही छाडेका हुन् ।
बर्दिया निकुञ्जको ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका ४ वर्ष उमेरका ५ वटा पोथी र ५ वटा भाले गरी १० वटा घडियाललाई नदीको प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक बेदकुमार ढकाललगायतको उपस्थिति रहेको थियो ।
हाल प्रजनन केन्द्रमा ठूला १ सय ५० र साना ७० वटा घडियाल रहेका छन् ।

वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार घडियाललाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । नेपालको पश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गोही संरक्षणका लागि विशेष रूपमा प्रजनन केन्द्र स्थापना गरिएको हो ।

कर्णाली र बबई नदीमा घाइते अवस्थामा फेला परेका घडियाल तथा नदी किनारमा भेटिने बेवारिसे अन्डालाई प्रजनन केन्द्रमा ल्याएर स्याहार सम्भार गरिँदै आएको निकुञ्जले जनाएको छ । यसले घडियाल संरक्षणमा उल्लेखनीय सहयोग पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="