after_navbar

रास्वपाको समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु


२ घण्टा अगाडि



काठमाडौँ,१० पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ।

ad

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ र ‘शून्य समय’ कार्यक्रममार्फत उम्मेद्वारका आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान(प्राइमरी भोटिङ) हुने छ।

यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी रहेको झाले जानकारी दिए। तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ।

उम्मेद्वार छनोट तथा प्रतिस्पर्धासम्बन्धी सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ।

प्रवक्ता झाले यही पुस ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए।

प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा। स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने जनाइएको छ।

प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्यांकन भर्चुअल माध्यमबाट गरिने छ। उम्मेद्वार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा डा। स्वर्णीम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूलाई पनि सहभागी गराइने रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="