after_navbar

नख्खु कारागारबाट फरार दाङका युवक पक्राउ


२ घण्टा अगाडि



दाङ,१० पुस। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका दाङका एक युवक पक्राउ परेका छन्।

ad

दाङको राप्ती गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका २२ वर्षका आकाश मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। मगर कर्तव्य ज्यान मुद्दाका प्रतिवादी हुन्।

प्रहरीका अनुसार मगरले पर्सा ठोरी गाउँपालिका–५ सुर्वणपुर घर भई हाल बालाजु मनमैजु बस्दै आएका २५ वर्षका सुरज तामाङको असोज ६ गते धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका मगरलाई रोल्पा प्रहरीको समन्वयमा रोल्पा नगरपालिका–१० धाङसीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मगरविरुद्ध यसअघि पनि अभद्र व्यवहार, लागूऔषधसम्बन्धी मुद्दा, चोरी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेका छन्।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको र घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="