काठमाडौँ,१० पुस। ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ।
रास्वपा नेता असिम शाहका अनुसार सम्भव भए आजै, नभए भोलि वार्ता हुने तयारी गरिएको छ।
यसअघि बिहीबार रवि लामिछाने र मेयर बालेनबीच वार्ता भएको थियो। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घरमा उनीहरूबीच छलफल भएको थियो।
वार्तास्थलबाट निस्किँदै गर्दा सञ्चारकर्मीले लामिछानेलाई “बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने रु” भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा लामिछानेले “त्यो त समयले नै बताउनेछ,” भने।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस