after_navbar

शिक्षामा लगानी बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको जोड


३ घण्टा अगाडि


काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्।

ad

बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरण अन्त्य गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको भनिन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन्।

उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थामा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै यस विषयमा परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन्।

“नेपालमा शिक्षामा लगानी गर्नु पर्ने आवश्यकता छ। साथै, दलीय राजनीतिकरणको अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको केन्द्र बनाउन सबैले प्रयास गर्नुपर्छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न पनि जरुरी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="