after_navbar

मावि सेन्टरमा नयाँ व्यवस्थापन समिति


पुष ११, २०८२


दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति गठन गरेको हो। विद्यालयको शैक्षिक गुणस्तर थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

ad

गठित समितिको अध्यक्षमा सुरेश कुमार रावत सदस्यमा सरस्वती खनाल, भुपाल खनाल, शुशिला खड्का र नारायण प्रसाद रजौरे रहेका छन । समितिमा वडा अध्यक्ष दुजमान भण्डारी पदेन सदस्य रहेका छन भने प्रधानाध्यापक भागवत पौडेल सदस्य–सचिवको जिम्मेवारीमा रहेका छन ।
झण्डै २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको मा.वि. सेन्टर क्षेत्रकै चर्चित र उत्कृष्ट विद्यालयका रूपमा परिचित छ । शैक्षिक अनुशासन, नतिजामुखी शिक्षण पद्धति तथा सह–पाठ्यक्रम गतिविधिमा विद्यालयले उल्लेखनीय प्रगति गर्दै आएको अभिभावकहरूले बताएका छन् ।

भेलामा सहभागी अभिभावकहरूले नयाँ व्यवस्थापन समितिले विद्यालयको समग्र शैक्षिक वातावरण अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा, पूर्वाधार विकास र विद्यार्थी हितका कार्यक्रममा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ समिति गठनसँगै मा.वि. सेन्टरले आगामी दिनमा शैक्षिक उत्कृष्टताको यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="