after_navbar

निर्वाचनको विकल्प छैन: माधव नेपाल


पुष १३, २०८२


काठमाडौँ,१३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु देश र जनताको हितमा रहेको बताएका छन्।

ad

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा देखिएका राजनीतिक समस्याको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने उल्लेख गरे। उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको भन्दै लोकतान्त्रिक दलहरूले यसको विकल्प खोज्न नहुनेमा जोड दिए।

कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले हाल पार्टीप्रति नवयुवाहरूको आकर्षण बढ्दै गएको बताउँदै सहसंयोजक नेपालले देशभरबाट युवा पार्टी निर्माणमा सक्रिय रूपमा जुटिरहेको बताए। विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने पनि उनले स्पष्ट पारे।

चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूको परीक्षा सुरु भएको उल्लेख गर्दै सहसंयोजक नेपालले पार्टीलाई अझ बलियो बनाउन संगठन सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले पार्टीको स्पष्ट समाजवादी राजनीतिक कार्यक्रमका कारण जनताको भरोसा र विश्वास बढ्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="