after_navbar

ठगी आरोपमा क्यासिनो संचालक पक्राउ


पुष १३, २०८२


काठमाडौँ,१३ पुस। काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले क्यासिनोमा चुम्बक जडित तास र बाहिरबाटै तास पढ्न सकिने लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

ad

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङलाई सोही कसूरमा पक्राउ गरिएको हो।

उनलाई आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि सोही घटनामा संलग्न आरोपमा चार जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परिसकेका छन्। पक्राउ परेका नेपाली दुवै महिला रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने भारतीय नागरिकमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मौर्य रहेका छन्। त्यसैगरी नेपाली नागरिक चिजा खड्का र भवाडी पाण्डे सोही क्यासिनोमा कार्यरत कर्मचारी रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="