after_navbar

महोत्सवमा आज पुस्कल शर्मा र प्रिति आले आउँदै


पुष १४, २०८२



दाङ,१४ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’ को ११औँ दिन आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक टिका जंग वलीका अनुसार आजको कार्यक्रममा चर्चित गायक पुस्कल शर्मा, लोकप्रिय गायिका प्रिति आले र हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ लगायतको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।

ad


महोत्सवमा आज पनि लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता तथा स्थानीय कलाकारहरूको विविध प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको चहलपहल बढ्दै गएको छ।
दर्शकहरूको उल्लेख्य उपस्थितिले आयोजकहरू उत्साहित भएका छन्। महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसी ले दैनिकजसो बढ्दो दर्शक सहभागिताले कार्यक्रमलाई थप ऊर्जा मिलेको बताए। उनले आज पनि दर्शकको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गरे।


स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक वातावरणको विकास तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर को आयोजनामा सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ। महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वली ले महोत्सवमा दैनिक कारोबारसमेत उत्साहजनक रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="