दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँभन्दा बढी नगद रकम बरामद गरिएको छ।
लक्ष्मी टोलमा रहेको दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो। बरामद गरिएको रकम हाल मेसिनमार्फत गणना गर्ने कार्य भइरहेको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बिहान करिब १० बजे दुर्गा केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक अनुसन्धानमा काठमाडौंबाट आएका आफन्तले उक्त रकम घरमा ल्याएर राखेको बुझिएको छ।
प्रहरीले बरामद रकम चोरीको हुन सक्ने आशंका गरेको छ। स्रोतका अनुसार केसीले प्रारम्भिक बयानमा उक्त रकम काठमाडौंस्थित एक संस्थाबाट ल्याएको बताएका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस