after_navbar

कठ्याङ्ग्रिएर एकजनाको मृत्यु


पुष १६, २०८२


काठमाडौँ,१६ पुस । अत्यधिक शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण एक वृद्धको मृत्यु भएको छ। चिसोका कारण सिरहाको गोलबजार नगरपालिका–८ मुसहरी टोलमा एक वृद्धकोमृत्यु भएको हो।

ad

स्थानीय ५५ वर्षीय शिवदयाल सदायको गए राति चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चिसो क्रमशः बढिरहेका बेला न्यानो कपडाको अभावमा राति सुतेका सदाय बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए।

अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण परिवारले शव अन्त्येष्टिका लागि आवश्यक दाउरा समेत जोहो गर्न नसकेको सामाजिक अभियन्ता अर्जुन थपलियाले जानकारी दिए। उनका अनुसार दाउरा नपाएकै कारण शव हाल घरमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="