काठमाडौं,१६ पुस । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक महिनापछि पूर्णता पाएको छ। मन्त्रिपरिषद् विस्तार गर्दै बुधबार थप छ जना मन्त्री नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो।
नवनियुक्त मन्त्रीहरूले जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मन्त्रिपरिषद् विस्तारअनुसार मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी शङ्करप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्तकुमार कुशवाहा खेलकुद तथा समाज कल्याण र फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।
सरकारले आवश्यक मन्त्री समेटेसँगै अब प्रदेशको प्रशासनिक तथा विकास गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस