काठमाडौँ,१६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। बुधबार दुबै दलले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकरणको घोषणा गरेका हुन्।
सम्झौता पत्रमा देशमा सशक्त राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुई पार्टीबीच एकता गर्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ।

दुवै दलका नेताहरूले एकताले राष्ट्रिय हित, पहिचान र राजनीतिक स्थायित्वका सवालमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस