after_navbar

दाङमा लागुऔषधसहित दुई युवा पक्राउ


पुष २१, २०८२


दाङ,२१ पुस। दाङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–५ लठहवाका २० वर्षीय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षीय सन्दिप पाहाडी रहेका छन्।

ad

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूलाई पुस १९ गते राति करिब २:१५ बजे लमही नगरपालिका–५ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल ४२ फाइलमा रहेको ३७३ पिस क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="