दाङ, २७ पुस । निर्वाचन प्रहरी बन्नका लागि आवेदन खुला भएको दुई दिनमै २७ हजार जनाले आवेदन दिएका छन् । यही पुस २४ गतेदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले आवेदन सुरु भएको प्रारम्भिक दुई दिनको अवधिमा देशभरबाट २७ हजार जनाले आवेदन दिएको जानकारी दिएको छ । आवेदन दिने अन्तिम मिति आउँदो माघ १ गतेसम्म तोकिएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि १५ हजार ११० जना जनशक्ति भर्ना गर्ने तयारी गरेको जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस