दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ दोहन गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अवैध रूपमा ढुंगा तथा बालुवा दोहन गरिरहेका ९ वटा ट्याक्टर र १ वटा जेसीबी पुस २० गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले अवैध दोहन भइरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको जानकारी दिए ।
उनका अनुसार उक्त सवारी साधनबाट जम्मा ५ लाख ५२ हजार ४ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जरिवाना तिराएपछि ती सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस