दाङ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (TU) ले लागू गरेको अनलाइन Registration तथा Exam Form प्रणालीका कारण राप्ती बबई क्याम्पसमा विद्यार्थीहरूको उल्लेख्य भीड देखिएको छ।
फारम अनलाइनमार्फत भर्ने भनिए पनि हाललाई फारम क्याम्पसले नै भर्नुपर्ने भएकाले विद्यार्थीहरू क्याम्पस धाउन बाध्य भएका छन्। TU को नयाँ व्यवस्थाअनुसार Registration र Exam Form क्याम्पसले नै प्रणालीमा इन्ट्री गर्नुपर्ने र अनलाइन भनिए पनि फारम क्याम्पसले नै भर्नुपर्ने र परीक्षा शुल्क बुझाउन Account Section मा उपस्थित हुनुपर्ने बाध्यताका कारण विद्यार्थीहरू लामो लाइनमा बस्न बाध्य भएका हुन्।य सले विशेष गरी टाढाबाट आउने विद्यार्थीहरूलाई समय र खर्च दुवै बढाएको गुनासो छ।
विद्यार्थीहरूका अनुसार अनलाइन प्रणाली लागू भएको भए हामीले घरबाटै फारम भर्न, शुल्क तिर्न सक्नु पर्ने हो र क्याम्पसले केवल प्रमाणीकरण मात्र गर्ने व्यवस्था हुनुपर्ने हो। अहिलेको व्यवस्थाले अनलाइन प्रणालीको उद्देश्य नै पूरा नभएको उनीहरूको भनाइ छ। साथै विद्यार्थीहरूले फारम भर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाई झन्झटमुक्त व्यवस्था गर्न विश्वविद्यालयसँग माग गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस