काठमाडौं,३० पुस। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ३१५ रुपैयाँले वृद्धि भई ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो पनि चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस