काठमाडौं,१ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवामा ४ हजार ४३९ जना कर्मचारी माग गरेको छ।
कार्यालयले सूचना प्रकाशित गर्दै स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको जनाएको हो।
सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि कम्तीमा कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
साढे दुई महिनाको करार अवधिका लागि सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ। आवेदकहरूको छनोट सर्टलिस्ट तथा अन्तर्वार्ताका आधारमा गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस