after_navbar

संसद पुनःस्थापना सुरक्षित बाटो हो : पोखरेल


माघ ०२, २०८२


दाङ,१ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा अझै चुनाव हुने वा नहुने विषयमा अन्योल कायम रहेको बताएका छन्।

ad

गृह जिल्ला दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले वर्तमान अन्योलताका अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताएका हुन्।

उनले चुनाव हुने स्थिति बनेमा नेकपा एमाले निर्वाचन प्रक्रियामा सहभागी हुने पनि स्पष्ट पारे।
दलहरू फुट्नुभन्दा जुट्नु लोकतन्त्रका लागि फाइदाजनक हुने उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले लोकतन्त्रमा गम्भीर असर पार्न सक्ने टिप्पणी गरे।

महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट र कसरी सञ्चालित छ भन्ने प्रश्न उठाएको दाबी गरे।

समाजमा अझै शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति नहुनु चिन्ताको विषय भएको भन्दै उनले लुटिएका हतियार संकलन गर्ने, फरार कैदीलाई फिर्ता ल्याउने तथा प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="