दाङ ,१ माघ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेका छन्।
लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुर्घटना भएको हो।
दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन्।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस