after_navbar

रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड


माघ ०३, २०८२


काठमाडौँ ,२ माघ। पार्टीको कामको सिलसिलामा गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ।

ad

रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार परियारले प्रयोग गर्दै आएको गाडी राति पार्किङ गरिएको स्थानमै तोडफोड भएको हो।

‘गोरखा भीमसेनथापा–३ मा पार्टी भेलाका लागि जानुभएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको छ,’ प्रवक्ता झाले बताए।

घटनाको अनुसन्धानका लागि स्थानीय प्रहरीसँग सहयोग मागिएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="