after_navbar

मेयर बालेन साहले तत्काल राजीनामा नदिने


माघ ०५, २०८२


काठमाडौँ ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने भएका छन्।

ad

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ गते मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने कानुनी व्यवस्थाका कारण तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेको बुझिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका बालेनले आज राजीनामा दिने चर्चा भए पनि उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी मात्रै गरेका थिए।

तर, नेपाली कांग्रेसको विभाजनपछि उत्पन्न राजनीतिक परिस्थितिले निर्वाचन तालिका नै प्रभावित हुन सक्ने आशंकाका कारण हाललाई राजीनामा नगर्ने रणनीति बनाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="