after_navbar

मेयर बालेन शाहले पदबाट राजीनामा दिए


माघ ०५, २०८२


काठमाडौँ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

ad

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने तयारीका कारण शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ।
राजीनामा दिएपछि बालेन शाह आजै रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए।

कार्यालय प्रवेशका क्रममा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। बालेन शाह आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="