after_navbar

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा


माघ ०६, २०८२


काठमाडौं, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन् ।

ad

आज सार्वजनिक बिदा परेकाले भोलि मात्र राजीनामा पत्र दर्ता हुने गुप्ताले जानकारी दिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

हाल गुप्ता रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरमा चुनावी अभियानमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="