काठमाडौँ,६ माघ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।
उम्मेदवारी दर्ताका लागि दाङका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
उम्मेदवारी दर्तालाई सहज र सुरक्षित बनाउन निर्वाचन कार्यालयहरूले सुरक्षा तथा प्रशासनिक तयारी पनि पूरा गरेका छन्। आजको मनोनयन दर्तासँगै जिल्लाजिल्लामा चुनावी गतिविधि झनै बढ्ने अपेक्षा गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस