after_navbar

दाङमा कांग्रेसले  चौधरी , घिमिरे र गिरीलाई दियो टिकट


माघ ०७, २०८२


दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा  तीन वटै  निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।  कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने अर्कोतिर स्थानीय नेतामाथि भरोसा गर्दै शक्तिशाली प्रतिस्पर्धी संग भिडाएको छ ।

ad

कांग्रेसले क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी लाई टिकट दिएको छ। चौधरी  संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका  नेता हुन् ।

त्यसयता उनी कुनै पनि निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका थिएनन्। लामो समयपछि पुनः संसदीय राजनीतिमा फर्काइएका चौधरीको उम्मेदवारीलाई कांग्रेसले ‘अनुभवको पुनरागमन’का रूपमा हेरेको छ।
क्षेत्र नम्बर २ बाट कांग्रेसले किरण किशोर घिमिरे लाई अघि सारेको छ।

स्थानीय राजनीतिमा सक्रिय घिमिरे पहिलो पटक संघीय सांसदको प्रतिस्पर्धामा होमिँदै छन्। उनको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेल सँग हुने भएपछि यो क्षेत्रलाई दाङकै सबैभन्दा चासोको केन्द्र मानिएको छ।  एमालेविरुद्ध स्थानीय पकड भएका घिमिरेलाई अघि सार्नु कांग्रेसको साहसी निर्णयका रूपमा हेरिएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट कांग्रेसले दिपक गिरी लाई निरन्तरता दिएको छ। गिरी  निवर्तमान सांसद हुन्।  अघिल्लो कार्यकालमा संसदमा देखाएको सक्रियता र क्षेत्र विकासमा गरेको भूमिकाकै आधारमा कांग्रेसले उनलाई पुनः विश्वास गरेको जनाएको छ।

अनुभवी, स्थानीय र निवर्तमान तीनै किसिमका उम्मेदवारलाई मैदानमा उतारेर कांग्रेसले  कडा प्रतिस्पर्धाको तयारी गरेको स्पष्ट संकेत दिएको छ।
अब दाङको चुनाव  उम्मेदवारको मात्रै नभई रणनीति, संगठन र राजनीतिक साखको परीक्षा बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="