काठमाडौं, ७ माघ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदमा पनि चुनाव गर्ने तयारी गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती रिक्त पदमा चुनाव गरिने आयोगले जनाएको छ।
केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि ती पद खाली भएका हुन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सरकारसँग आवश्यक परामर्श गरेर ६ महिनाभित्र सबै रिक्त पदमा चुनाव सम्पन्न गरिनेछ। कानुनी व्यवस्था अनुसार निर्वाचित पदबाट राजीनामा दिएपछि ६ महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्छ।
उनले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबै सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस