काठमाडौँ,९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उम्मेदवारी फिर्ता लिने निर्णयबारे उनले निर्वाचन अधिकृतको कार्यालयमा इमेल तथा फोनमार्फत जानकारी गराएकी हुन् ।
उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गर्न तामाङ स्वयं निर्वाचन अधिकृतको कार्यालय जाने तयारीमा समेत रहेको जनाइएको छ ।
हालै सामाजिक सञ्जालमा तामाङको जर्मनीको स्थायी आवास अनुमति पत्र (पीआर) को फोटो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् । सोही विवादलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनी निकट स्रोतले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस