दाङ,९ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता प्रक्रिया र अन्तिम नामावली प्रकाशनपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन चिन्ह पाएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन चिन्ह मतदाताका लागि उम्मेदवार चिन्ने प्रमुख आधार भएकाले यसको विशेष महत्व रहने गर्दछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस