after_navbar

क्षेत्र नं. ३ बाट दुईजनाको उम्मेदवारी फिर्ता


माघ १०, २०८२


दाङ, ९ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना स्वतन्त्रसहित दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उनीहरूले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

ad

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वली (प्रविन) ले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिने डाँगी र वली दुवै जना तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने डाँगीले तत्कालीन नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । निर्वाचन कार्यतालिकाअनुसार गत मंगलबार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये आज दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब २३ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="