after_navbar

जसपुर–तुलसीपुर सडकका संरचना हटाउन आग्रह


माघ १०, २०८२


दाङ,९ माघ। सडक डिभिजन दाङले राप्ती राजमार्गअन्तर्गत जसपुर–तुलसीपुर सडकखण्डभित्र पर्ने अवैध तथा अस्थायी संरचना हटाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सडक सिमाभित्र पर्ने संरचना तथा सामग्री १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

ad

सडक सिमाभित्र व्यापारिक मालसामान राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा खुद्रा पसल तथा व्यापार सञ्चालन गर्नेलगायतका अस्थायी संरचनाका कारण सवारी आवागमन तथा सडक निर्माण कार्यमा असहजता उत्पन्न भएको सूचनामा उल्लेख गरिएको छ । यस्ता कार्यहरू नगर्न र नगराउनसमेत सडक डिभिजनले आग्रह गरेको छ ।

तोकिएको समयसीमाभित्र संरचना तथा सामग्री नहटाइएमा कार्यालय आफैंले हटाउने र सो क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी पनि सूचनामा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="