after_navbar

मध्यपहाडी लोकमार्ग अवरुद्ध


माघ ११, २०८२


दाङ,१० माघ । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

ad

लोकमार्ग अवरुद्ध भएपछि सडक खुलाउन इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए।

हाल पनि उक्त क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। हिउँ पन्छ्याएर सडक खुलाउने कार्यका लागि भूमे गाउँपालिकासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

रुकुम पूर्वसहित पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ भने केही स्थानमा हल्का वर्षा पनि भएको छ।

लामो समयपछि भएको वर्षा र हिमपातले किसानलाई राहत पुगेको सिस्ने गाउँपालिका–५ निवासी विमल बिसीले

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="