after_navbar

उज्यालो पार्टी नेपालद्वारा महावीर पुनलाई समर्थन


माघ ११, २०८२


काठमाडौं,१० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेको छ।

ad

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही राजनीतिक दलले पनि महावीर पुनलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाइसकेका छन्।
पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै महावीर पुनलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन्।

उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="