दाङ,११ माघ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २८६ जनाले मतदानमा सहभागिता जनाएका छन्।
प्रदेश सभा सदस्यतर्फ महिला ३० जना र पुरुष ४८ जना गरी कुल ७८ जनाले मतदान गरेका छन्। यस्तै, स्थानीय तहतर्फ महिला ८५ जना र पुरुष १२३ जना गरी कुल २०८ जनाले मतदान गरेका छन्।
निर्वाचनका लागि मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्यले तथा मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मतगणना तोकिएको समयअनुसार सुरु गरिने जानकारी दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस