after_navbar

दाङमा लागुऔषसहित तीनजना पक्राउ


माघ १३, २०८२


दाङ,१२ माघ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा तीनजनालाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर पक्राउ गरेको हो ।

ad

पक्राउ पर्नेहरुमा तुलसीपुर -१७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट दुईसय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर० बरामद गरेको डिएसपी शाहले जानकारी दिए।
उनीहरु विरुद्ध जिल्ला अदालतमा लागु औषध मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

यस्तैगरी गत शनिवार तुलसीपुर- ९ बेलुवाबाट पनि एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी ३१ बर्षिय लाली वली योगी रहेका छन् । प्रहरीले उनको साथबाट एक सय साठी मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरी लागु औषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="