काठमाडौं,१३ माघ । चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा आगलागी भएको छ। काठमाडौंको जमलमा
तीव्र गतिमा रहेका सवारीसाधन ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई सवारीसाधनमा पनि फैलिएको थियो।
दरबारमार्ग ट्राफिक प्रहरीले घटनाको पुष्टि गर्दै अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। प्रहरीका अनुसार , चार वटा गाडी एकआपसमा ठोक्किएका हुन्। केही व्यक्ति घाइते भएका छन् ।
सडकको बीचमै सवारीसाधनमा आगो लागेपछि जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको थियो। सूचना पाएलगत्तै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेका थिए।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक नभए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस