दाङ । नेपाल तरुण दल दाङ युवा तथा तरुण परिचालन समिति निर्वाचन क्षेत्र नम्बर ३ ले नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीलाई भारी मतका साथ विजय गराउन नेपाल तरुण दलका सम्पूर्णमा हार्दिक आह्वान गरेको छ।
नेपाल तरुण दल दाङ जिल्ला कार्यसमितिको निर्णयअनुसार सम्पूर्ण तरुण साथीहरूलाई आआफ्नो वार्ड, पालिका, क्षेत्रमा एकताबद्ध भएर निर्वाचनको माहोल निर्माण गरी पार्टीका उम्मेदवारलाई विजय गराउन हार्दिक अपिल गरिएको हो ।
नेपाल तरुण दल तथा युवा निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ का संयोजक तथा तरुण दल दाङ जिल्ला कोषाध्यक्ष नविन योगी र तरुण दन क्षेत्रीय अध्यक्ष तथा परिचालन समिति सहसंयोजक राजकुमार केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सबै तरुणहरूमा एकताबद्ध भएर निर्वाचन केन्द्रित हुन आह्वान गरेका हुन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस