after_navbar

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी


२ घण्टा अगाडि


दाङ, १७ माघ । किवानिज क्लब अफ तुलसीपुर मेट्रोको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमका बीच क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराई पदभार हस्तान्तरण गरिएको हो।

ad

क्लबको अध्यक्षमा आशिष केसी निर्वाचित भएका छन् । त्यसैगरी आगामी अध्यक्षमा चुडामणि जैसी, उपाध्यक्षमा सन्ध्या सुवेदी, सचिवमा सुशील खनाल र कोषाध्यक्षमा सुदीप शर्मा चयन भएका छन् ।

यस्तै, कार्यक्रम संयोजकमा स्यानी चौधरी चयन हुनुभएको छ भने सदस्यहरूमा गिमानन्द डाँगी, संगीता चौधरी, हेमन्त अधिकारी र पूर्णबहादुर चौधरी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्साल, डिस्ट्रिक्ट गभर्नर डा. रामहरी थपलिया, गभर्नर इलेक्ट रामहरी सुवेदी, पूर्व डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंह, डिभिजन–५ का एलटी गभर्नर अमनमान श्रेष्ठ, भाइस गभर्नर बिमल पौडेल तथा किवानिज क्लबका निवर्तमान अध्यक्ष हेमराज डाँगीलगायतले शपथ ग्रहण गराएका थिए।

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको स्थापना सन् २०२१ मा भएको हो। क्लबका संस्थापक अध्यक्ष मनुराज शर्मा हुनुहुन्छ। संस्थापक सचिवका रूपमा काम गरेका आशिष केसी विभिन्न जिम्मेवारी सम्हाल्दै हाल अध्यक्षमा निर्वाचित भएका हुन् ।


उक्त अवसरमा दाङ जिल्लाका विभिन्न किवानिज क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि शपथ ग्रहण गराइएको थियो। कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।


डिस्ट्रिक्ट गभर्नर रामशरण थपलियाको अध्यक्षता तथा किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण गभर्नर इलेक्ट भरत ढुंगेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले किवानिजले बालबालिकाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

अन्य वक्ताहरूले पनि किवानिजमार्फत बालबालिकाको स्वास्थ्य, शिक्षा र सचेतनाका क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको उल्लेख गर्दै यसको थप विस्तार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमसँगै क्लबका सम्पूर्ण सदस्यहरूका लागि नेतृत्व विकास तालिमसमेत सञ्चालन गरिएको थियो। तालिममा डिभिजन–५ र ६ अन्तर्गतका करिब ४ सय जना सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

किवानिज इन्टरनेसनलको स्थापना सन् १९१५ मा अमेरिकामा भएको हो। नेपालमा भने सन् २०१५ देखि सक्रिय रहँदै आएको किवानिज इन्टरनेसनलका हाल देशभर ८० भन्दा बढी शाखा रहेका छन्। क्लबले विशेषगरी बालबालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक सेवा गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="