दाङ,१७ माघ । सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम सस्थाका अध्यक्ष वासुदेव आचार्यको सभापतित्वमा र सामाजिक अभियन्ता तथा बालअधिकारकर्मी नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा २ महिला र ९ पुरुष गरी कुल ११ जनाले रक्तदान गरेका थिए।
उक्त अवसरमा सस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, सल्लाहकार केसवराज सापकोटा र सदस्य किरण विकले पनि उपस्थित भएर रक्तदानमा सहयोग गरे। कार्यक्रमको सहजिकरण सचिव भिम मरासिनिले गरेका थिए।
सहारा बचत तथा ऋण सहकारी संस्थाले यस प्रकारका सामाजिक कार्यक्रमहरु मार्फत समुदायमा स्वास्थ्य सचेतना र सहयोगको महत्त्व पु¥याउने उद्देश्य राखेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस