after_navbar

रुसको प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु


माघ २१, २०८२


काठमाडौं,२० माघ।रुसको प्रशिक्षण विमान दुर्घटना भएको छ। ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो ।

ad

दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो । उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको जनाएको छ ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="