after_navbar

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल ४ रनले पराजित


घण्टा अगाडि


दाङ,२५ माघ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ।मुम्बईस्थित वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।

ad

नेपालका लागि कुशल भुर्तेलले २९ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए भने आसिफ शेख ७ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले ४४ रनको योगदान दिँदा कप्तान रोहित पौडेलले ३९ रन बनाए। आरिफ शेखले १० रन जोड्दा लोकेश बमले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनको आक्रामक इनिङ्स खेले। करन केसी १ रनमा अविजित रहे।

जित नजिक पुगेको नेपालले अन्तिम ओभरमा गुलसन झाको विकेट गुमाएपछि खेल हातबाट फुस्किएको हो।

यसअघि इङ्ल्याण्डका लागि ह्यारी ब्रुकले ५३ रन र ज्याकब बेथेलले ५५ रन बनाए। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट झारे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="