काठमाडौं,२६माघ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ। आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज थप ४ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य तोलामा ३ लाख ५ सय रुपैयाँ थियो।
यसअघि शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यसैबीच, सोमबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ।
आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस